दफा २४
सवारी दर्ता गर्न इन्कार गर्न सकिने
(१) कुनै सवारी दर्ता गर्नका लागि दरखास्त परी सो सवारी दर्ता गर्ने सम्बन्धमा अधिकार प्राप्त अधिकारीले सो सवारीलाई दफा २३ मा तोकिएका मापदण्डका अधीनमा रही जाँचबुझ गर्दा त्यस्तो सवारी चलाउन सकिने स्थितिमा रहेको नदेखिएमा त्यस्तो सवारी दर्ता गर्न इन्कार गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कुनै सवारी दर्ता गर्न इन्कार गरिएमा अधिकार प्राप्त अधिकारीले सोको कारण खुलाई दरखास्तवालालाई सूचना दिनु पर्छ ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि वातावरणको प्रदूषण, सवारीको चाप, सडकको स्थिति, सवारी आवागमनमा पर्ने कठिनाई वा यस्तै अन्य कारणले गर्दा सार्वजनिक हितको लागि कुनै किसिमको सवारी साधनको दफा १४ बमोजिम गरिने दर्ता रोक्का गर्न मनासिब देखेमा विभागले कुनै वा सबै यातायात व्यवस्था कार्यालयलाई त्यस्तो सवारीको दर्ता रोक्का गर्ने आदेश दिन सक्नेछ ।